शनिबार, वैशाख १५, २०८१

लेखराज भट्टका भाई गोदावरीको मेयरमा पराजित

मेरोन्यूज २०७९ जेठ ४ गते १३:१४

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका बीरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन् । भट्ट १५ हजार ५०१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्दी नेकपा एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याए । गोकर्ण भट्ट लेखराज भट्टका सहोदर भाई हुन् । उपमेयरमा भने नेकपा एमालेकी शारदादेवी रोकाया विजयी भएकी छन् ।

उनले १० हजार ६७० मत ल्याइन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन् । कुल ३६ हजार ५६० मत खसेको थियो ।

प्रतिक्रिया