बिहीबार, चैत १५, २०८०

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले खाता खोल्यो

मेरोन्यूज २०७९ जेठ ४ गते १२:४४

सप्तरी । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पालिका प्रमुखमा खाता खोलेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमतले जीत हासिल गरेको हो ।
जनमत पार्टीबाट मेयर पदका उम्मेदवार वीरेन्द्र माझीले जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार एवं निवर्तमान मेयर शैलेश साहलाई १६१ मत अन्तरले पराजित गरेका हुन् ।
माझी ६ हजार ४०७ मत ल्याएर निर्वाचित भएका छन् भने साहले ६ हजार २४६ मत प्राप्त गरे ।

प्रतिक्रिया