शुक्रबार, वैशाख ७, २०८१

भरतपुर अपडेट : रेनु एक हजार ६८४ मतले अगाडि

मेरोन्यूज २०७९ जेठ ४ गते ११:०१

चितवन । भरतपुर महानगरको पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल बलियो बन्दै गएकी छन् । अहिलेसम्म २७ हजार २६७ मतगणना गरिएको छ ।

दाहालले नौ हजार ९२४ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले आठ हजार २४० मत ल्याएका छन् ।

दाहाल र सुवेदीबीचको मतान्तर एक हजार ६८४ छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ४४८ मत पाएका छन् ।अहिले वडा नम्बर–६ मतगणना भइरहेको छ ।

प्रतिक्रिया