बिहीबार, चैत १५, २०८०

बकैयामा गठबन्धनका लामिछाने र खत्री विजयी

मेरोन्यूज २०७९ जेठ ४ गते १०:२५

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांगेसका धर्मराज लामिछाने विजयी भएका हुन् ।

लामिछानेले ११ हजार २९२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् भने राप्रपाका राम प्रसाद दाहालले ३६९ मत र नेकपा एकिकृत समाजवादीका नारायण प्रसाद तिमल्सिनाले १३२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, गाउँपालिका उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादीका भक्त बहादुर खत्री विजयी भएका छन् । खत्रीले ९ हजार ५२२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गरे ।

प्रतिक्रिया