शुक्रबार, वैशाख ७, २०८१

काठमाडौंमा ४० हजार ५०५ मतगणना गर्दा बालेनले पाए १५ हजार ७७५ मत

मेरोन्यूज २०७९ जेठ ४ गते ८:२५

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले भारी मतले अग्रता कायमै राखेका छन् । पछिल्लो गणना अनुसार ४० हजार ५०५ मतगणना हुदाँ बालेन साहले १५ हजार ७७५ मत प्राप्त गरेका छन् ।

भने एमाले उम्मेदवार केशव स्थापितले ८ हजार २५३ मत प्राप्त गर्दा कांग्रेस उमेदवार सिर्जना सिंहले ७ हजार ३४८ मत प्राप्त गरिन् । अहिले काठमाडौं महानगरपालिकाको मतगणना जारी छ ।

प्रतिक्रिया