बुधबार, वैशाख १२, २०८१

संसद भवनअगाडि ‘सिलिण्डर बम’ राखेको आरोपमा चार जना पक्राउ

मेरोन्यूज २०७९ जेठ ३ गते २२:४९

काठमाडौँ । गत वैशाख ३० गते बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि ‘सिलिण्डर बम’ राखेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (सिवादी)ले विष्फोटको जिम्मा लिएको थियो । सो समूह नेकपा विप्लव समूहबाट चोइटिएर बनेको संगठन रहेको खुलेको छ ।

पक्राउ पर्नेमा खोटाङ घर भएर बल्खु बस्ने बिके सिंह, करण श्रेष्ठ, राज थापा र हरिकृष्ण थापा छन् । सो समूहले ‘जनयुद्ध–२’ आह्वान गरेको पर्चा घटना स्थलमा भेटिएको थियो ।

बिहान करिब २ बजेतिर आगो बलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरूले सिलिण्डरबाट ग्याँस लिक गराएर मट्टितेल छर्केको कपडामार्फत आगो लगाएर हिँडेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पछि सो सिलिण्डर विष्फोट भएको थियो ।

प्रहरीले घटनामा प्रयोग गरिएको २ वटा स्कुटर, पर्चा र कम्ब्याट ड्रेस बरामद गरेको छ ।

प्रतिक्रिया