शनिबार, वैशाख ८, २०८१

सांसद बानियाँका छोरा पेस्तोलसहित पक्राउ

मेरोन्यूज २०७९ जेठ ३ गते २२:०२

मुगु । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सांसद मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउँपालिका वडा नं ७ माझचौरमा सांसद बानियाँका छोरा अर्पण ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् ।

मंगलबार दिउँसो ३ बजेतिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षक जुन बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार पक्राउ परेका बानियाँलाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ । भोलि नै जिल्ला प्रहरी कार्यालम ल्याई अनुसन्धान गरि हातहतियार कसुरसम्बन्धि कानुन बमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ ।

प्रतिक्रिया