बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ का ३७ पालिका नेतृत्व कांग्रेसको पोल्टामा

गठबन्धनकै बलमा २५ पालिकामा कांग्रेसको जित, बाँकी पालिकामा मात्रै आफ्नै बलबुतामा जित

शितल शर्मा २०७९ जेठ ३ गते १६:५७

विराटनगर / प्रदेश १ का १३७ स्थानीय तहमध्ये ७२ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । एक महानगर, दुई उपमहानगर समेत रहेको यो प्रदेशमा अहिलेसम्म १२ नगरपालिका र ६० गाँउपालिकाको अन्तिम परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिका लगायत ६५ वटा पालिकाको परिणाम आउन वाँकी छ । आएका परिणाम मध्ये सवैभन्दा वढी स्थानीय तह जितेर नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

गत स्थानीय तह चुनावमा एमाले यो प्रदेशमा पहिलो दलका रुपमा रहेको थियो । स्थानीय तहमा मात्रै होइन, प्रदेश र संघमा पनि एक नम्बर प्रदेशमा एमाले बलियो शक्तिका रुपमा रहेको थियो । पहाडी जिल्लाहरुमा एमालेको बलियो पकड रहेका कारण पनि यो प्रदेशमा एमालेको शक्तिलाई कोही कसैले पनि नजरअन्दाज लगाउन सक्ने अवस्था थिएन ।

तर यो पटकको स्थानीय तहको चुनावले एमालेलाई खुम्चाईदिएको छ । बाँकी आउने परिणामले पनि एमालेलाई नखुम्चाई नरहँला भन्न सकिन्न ।

अहिलेसम्म सार्वजनिक भएका ७२ पालिका मध्ये ३७ पालिका कांग्रेसले जितेको छ । १२ नगरपालिका र ६० गाँउपालिका सहित कांग्रेसले ७२ पालिका जितेको हो ।

दोस्रोमा रहेको एमालेले अहिलेसम्म ४ नगरपालिका र १५ गााउपालिका सहित १९ वटा पालिका जितेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १२ वटा गाँउपालिका जितेको छ ।

जसपा र एकीकृत समाजवादीले एक एक वटा पालिका जितेका छन् ।

गठबन्धनको बलमै कांग्रेसको जित
प्रदेश १ मा जति पालिका जितेर कांग्रेस शीर्ष स्थानमा देखिएको छ, ति पालिका जित्नमा उसलाइृ गठबन्धनको बलियो टेको काम लागेको छ । २५ पालिका उसले माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँगको गठबनधनका कारण जित्न सहज भएको छ । कतिपय पालिकामा गठबन्धन गर्दा पनि कांग्रेसले निक्कै थोरै मतान्तरले मात्र एमालेसाग जित निकालेको छ ।

केन्द्रले आवश्यकताका आधारमा गठबन्धन गर्न चुनाव अगाडी आ आफना मातहात कमिटिलाई सत्तासिन गठबन्धन दलले निर्देशन गरेका थिए । सोही आधारमा एमाले बलियो रहेको पाहाडी जिल्लाहरु तेहथुम, संखुवासभा, पाँचथर लगायतका पाहाडी जिल्लाहरुमा गठबन्धन गरेर चुनावमा भाग लिएको थियो ।

यी हुन् गठबन्धन गरेर जितेका पालिकाहरु

१) ताप्लेजुङ फुङलिङ गाँउपालिकामा अमिर मादेन निर्वाचित भएका छन् । उनी सत्ता गठबन्धन दलसँग तालमेल गरेर चुनावमा सहभागी भएका थिए । यो पालिकामा कांग्रेसले माओवादी केन्द्रलाई उपमेयर दिएर चुनाव लडेको थियो । अध्यक्ष कांग्रेसले जित्यो तर उपमेयर माओवादीले हारेर एमालेले जित्यो ।

२) ताप्लेजुङको मिक्वाखोला कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिएर चुनाव लडेका थिए । दुवैमा गठबन्धनले जितेको छ । तर यसमा एमालेसँग गठबन्धन गर्दा पनि थोरै मतान्तरले मात्र गठबन्धन दलका उम्मेदवारहरुले चुनाव जितेका छन । कांग्रेसका भक्तवहादुर कार्की अध्यक्ष र माओवादीका डण्डु शेर्पा लामा उपाध्यक्ष निर्वाचित भएका छन् ।

३) ताप्लेजुङको मेरिङदेन गाँउपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीले लिएर चुनाव लडेका थिए । दुवै गठबन्धनका उम्मेदवारले चुनाव जितेका छन् ।कांग्रेसका युक हां विर हांगाम अध्यक्षमा तीन सय मतान्तरमा जितेका थिए । उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गा प्रसाद श्रेष्ठ चङवाङ जितेका छन् ।
४) ताप्लेजुङको सिरीजङ गाउपालिकामा कांग्रेस माओवादी अध्यक्ष उपाध्यक्ष लिएर चुनाव लडेका थिए । कांग्रेसका लालकृष्ण चौहान अध्यक्षमा जिते । माओवादीका चित्रकुमार लिम्बुले उपाध्यक्ष जिते ।

५) पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गरेर लडेका थिए । गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भए । अध्यक्षमा कांग्रेसका वमप्रसाद लावती र उपाध्यक्षमा माओवादीका महेन्द्र वहादुर खडका निर्वाचित भए ।

६) तुम्वेवा गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीलाई दिएर चुनाव लडेको यो पालिकामा गठबनधनका दुवै उम्मेदवारले जिते। कांग्रेसका बाबुराम खड्का अध्यक्ष र माओवादीका खड्कसुन्दर सम्वाहाम्फे निर्वाचित भएका छन् ।

७) पाँचथरकैं फालेलुङ गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीलार्इ दिएर गठबन्धन भएको थियो । गठबन्धनका दुवै उम्मेदवारले जितेका छन् । कांग्रेसका वीरविक्रम थाम्सुहाङ अध्यक्ष र माओवादीका महेन्द्र हाङ जवेगु उपाध्यक्ष भएका छन् ।

८) पाँचथरको फाल्गुनन्द गाँउपालिका अध्यक्ष कांग्रेस , उपाध्यक्ष माओवादीलाई दिएर गठबन्धन भएको थियो । दुवै पद गठबन्धन दलले जितेको छ। कांग्रेसका बृज हाङ आङदेम्बे अध्यक्ष र ठाकुर सिंह नेम्वाङ उपाध्यक्ष (माओवादी०ले जितेका छन् ।
९) पाँचथरको हिलिहाङ गाँउपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीलाई दिएर गठबन्धन भएको थियो । अध्यक्षमा कांग्रेस विजयी तर उपाध्यक्षमा समाजवादी पराजित भएको छ यो पालिकामा । उपाध्यक्ष एमाले ले जितेको छ । अध्यक्षमा कांग्रेसका समरवहादुर अधिकारी निर्वाचित भए ।

१०) इलामको चुलाचुली गाँउपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गरेर चुनाव लडेका थिए । कांग्रेसका राजेन्द्र केरुङ अध्यक्षमा निर्वाचित भए । तर माओवादीका उपाध्यक्षका उम्मेदवार शुकबहादुर लावती एमालेसँग पराजित भए ।

११) इलामको सन्दकपुर गाँउपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीले लिएर गठबन्धन गरेका थिए । गठबनधनका दुवै उम्मेदवार निर्वाचित भए । कांग्रेसका तुलाराम गुरुङ निर्वाचित अध्यक्षमा निर्वाचित भएका छन् ।

१२) मोरङको मिक्लाजुङ गाउँपालिका कांग्रेस र माओवादी तालमेल गरेर चुनाव लडेका थिए । अध्यक्ष कांग्रेसका बवीकुमार राई निर्वाचित भए । उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् ।

१३) धनकुटाको छथर जोरपाटी गाँउपालिका कांग्रेस माओवादी तालमेल भएको थियो । अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी लिएर । कांग्रेसका छत्रवहादुर सुब्बा विजयी । उपाध्यक्षमा माओवादीकी गीता गुरुङ विजयी भए ।

१४) धनकुटाको पाख्रिबास नगरपालिकामा माओवादी र काग्रेस गठबन्धन भएको थियो। मेयर कांग्रेसका ज्ञानवहादुर गुरुङ निर्वाचित । तर उपमेयर माओवादीका ओमप्रकाश निरौला एमालेसँग यो नगरपालिकामा पराजित भए ।

१५) धनकुटाको सागुरीगढी जसपालाई उपाध्यक्ष दिएर कांग्रेसको गठबन्धन भएको थियो । कांग्रेसका जितेन्द्र राई अध्यक्षमा निर्वाचित भए । तर जसपाका उपाध्यक्षका उम्मेदवार एमालेसँग पराजित हुन पुगे ।

१६) संखुवासभाको खाँदवारी मा कांग्रेस अध्यक्ष, माओवादी उपाध्यक्ष लिएर गठबन्धन बनेको थियो । कांग्रेसका महेश थपलिया अध्यक्ष जिते । तर उपाध्यक्ष माओवादी उम्मेदवार एमालेसँग पराजित भए ।
१७) संखुवासभाको पाँचपखनमा कांग्रेस मेयर र एकीकृत समाजवादी उपमेयर लिएर गठबन्धन भएको थियो । कांग्रेसका विपिन राई अध्यक्षमा निर्वाचित भए । उपमेयर पनि एकीकृत समाजवादीका उम्मेदवार विजयी भए। दुवै गठबन्धन ले जितेको छ ।

१८) संखुवासभाको मकालु गाँउपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन भएको थियो । दुवैमा गठबन्धन विजयी भएको छ । कांग्रेसका ओङदी छिरिङ शेर्पा अध्यक्ष निर्वाचित भए । उपाध्यक्षमा माओवादीकी मनकला रार्इ निर्वाचित भए ।

१९) संखुवासभाको सभापोखरी गाँउपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादी लिएर गठबन्धन गरेर चुनावमा गएका थिए । दुवै निर्वाचित भए । अध्यक्षमा भिमबहादुर लिम्बु निर्वाचित भए ।

२०) तेहथुमको अठारई गाउपालिका कांग्रेस अध्यक्ष, माओवादी उपाध्यक्ष लिएर गठबन्धन भएको थियो । दुवै पदमा गठबन्धनका उम्मेदवारले चुनाव जिते । कांग्रेसका दिलकुमार पाहीम अध्यक्ष र माओवादीका बली राज इङनाम उपाध्यक्ष विजयी भए ।

२१) खोटाङको केपिलासगढी गाँउपालिका अध्यक्ष समिर राई निर्वाचित भए। यहाँ कांग्रेसले जसपासँग तालमेल गरेको थियो । उपाध्यक्ष पनि जसपाका उम्मेदवार विजयी भएको छ यहाँ । माओवादी र एकीकृत समाजवादीको अर्काे गठबन्धन थियो । एमाले आफै प्रतिस्पर्धामा उत्रेको थियो ।

२२) खोटाङको बराहपोखरी गाउपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादीले लिएर गठबन्धन गरेका थिए । दुवै पदमा गठबन्धनका उम्मेदवार विजयी भए । कांग्रेसका शालिकराम बन्जरा अध्यक्ष निर्वाचित भएका थिए ।

२३) खोटाङको रावा बेसी गाँउपालिका अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गरेका थिए । अध्यक्ष कांग्रेसका फटिक कुमार श्रेष्ठ विजयी भए । उपाध्यक्षमा भने माओवादी एमालेसँग पराजित हुन पुग्यो ।
२४) भोजपुरको भोजपुर नगरपालिकाको मेयर उपमेयर दुवैं कांग्रेसले लिएर गठबन्धन गरेको थियो । तर त्यहाँ अध्यक्ष मात्र कांग्रेसले जितेको छ । उपाध्यक्षमा भने एमालेले जितेको थियो । अध्यक्षमा कांग्रेसका कैलाश कुमार आले निर्वाचित भएका थिए ।
२५) तेहथुमको फेदाप गाँउपालिकामा पनि कांग्रेस र माओवादीको वीचमा गठबनधन भएको थियो । तर यहाँ माओवादीले उपाध्यक्ष कांग्रेसको चुनाव चिन्ह लिएर लडेको थियो । दुवै पदमा गठबन्धन जितेको छ । एमाले हराउन अलग चुनाव चिन्ह लिँदा अप्ठ्यारो पर्ने भन्दै माओवादीले कांग्रेसकै चुनाव चिन्हमा यो गाँउपालिकामा चुनाव लडेको हो । दुवैले जितेका छन् ।

अध्यक्षमा कांग्रेसका केवशप्रसाद भेटवाल र उपाध्यक्षमा माओवादी केन्द्रकी सुनिता पहीप निर्वाचित भइन् ।

कांग्रेसले आफ्नै बलवुतामा लडेर जितेको पालिका

  • संखुवासभाको सिलिचोङ अध्यक्ष उपाध्यक्ष कांग्रेसले एक्लै जितेको छ । अध्यक्ष भुपालराज राई निर्वाचित भएका छन्, त्यस पालिकामा ।
  • संखुवासभाको चिचिला गाँउपालिकामा कांग्रेसका अध्यक्ष उपाध्यक्ष नै निर्वाचित भएका छन् । अध्यक्षमा पासाङ नोर्बु शेर्पा विजयी भए ।
  • भोजपुरकोअरुण गाउपालिका एक्लै जितेको छ कांग्रेसले दुवै पदमा । शालिकराम खत्री अध्यक्ष निर्वाचित भएका छन् ।
  • तेहथुमको लालीगुराँस गाँउपालिका कांग्रेस एक्लै दुवै पदमा जितेको छ । अर्जुन मावोहाङ अध्इष जितेका छन् ।
  • ओखलढुंगाको चम्पादेवी एक्लै जितेको छ कांग्रेसले । त्यहाँ नवराज केसी खत्री अध्यष भएका छन् ।
  • खेटाङको सकेला अध्यक्ष कांग्रेसले एक्लै जितेको । उक्त गाँउको उपाध्यक्ष माओवादीले एक्लै जितेको छ ।
  • सोलखुम्बुको महाकुलुङ गाँउपालिका अध्यक्ष उपाध्यक्ष दुवैमा कांग्रेस विजयी भएको छ । अध्यक्षमा सुर्यवहादुर राई निर्वाचित भएका छन् ।
  • सोलखुम्बुको लिखुपिके गाँउपालिका अध्यक्ष , उपाध्यक्ष दुवै कांग्रेसले जितेको छ । मिनादेवी कार्की अध्यक्ष भएका छन् ।
    सोलखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुवै कांग्रेसले जितेको छ । खिलराज बस्नेत अध्यक्ष भएका छन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया