बिहीबार, चैत १५, २०८०

भरतपुरमा रेनु दाहाल २११ मतले अगाडी, कसको मत कति ?

मेरोन्यूज २०७९ जेठ ३ गते १४:४२

भरतपुर महानगरपालिकामा रेनु दाहालले आफनो अग्रता बढाउँदै लगेकी छिन् । उनले एमाले उम्मेदवार विजय सुवेदी भन्दा पछिल्लो सार्वजनिक परिणाम अनुसार २११ मतले लिड गरेकी छिन् ।

कुल १९ हजार ५८३ मत गन्दा मेयरमा माओवादी केन्द्रकी रेनुले ६६०२ मत पाएकी छिन् । त्यस्तै एमालेका विजय सुवेदीले ६३९१ मत पाएका छन् । यो अन्तर २११ को हो । त्यसैगरी स्वतनत्र उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ८०२६ र राप्रपाका हिमला गुरुङले ५२५३ मत पाएका छन् ।

प्रतिक्रिया