शुक्रबार, वैशाख ७, २०८१

दोस्रो खेलमा युगान्डाले टस जित्यो, नेपाललाई ब्याटिङकाे निम्ताे

मेरोन्यूज २०७९ जेठ ३ गते १३:१५

काठमाडौं । पाँचौं टी-२० शृंखलाको दोस्रो खेलमा भ्रमणकारी टोली युगान्डाले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ गर्ने भएसँगै रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले पहिले व्याटिङ गर्ने भएको हो । हिजोबाट सुरु भएको शृखलामा युगान्डाले १(० को अग्रता बनाएको छ । नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो ।

पहिलो खेलमा अनुपस्थित रहेकी अलराउन्डर सीता राना मगर दोस्रो खेल भने खेल्नेछिन् । पहिलोपटक घरेलु मैदानमा टी(२० शृंखला खेल्दै गरेको नेपाल र युगान्डाबीच पाँच खेल हुनेछ ।

प्रतिक्रिया