शनिबार, वैशाख ८, २०८१

२९० पालिकाको नतिजा सार्वजनिक, कसले कति जिते ?

मेरोन्यूज २०७९ जेठ ३ गते १२:२६

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार दिउँसो १२ बजेसम्म २९० स्थानको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको निर्वाचन आयोगले जनाएको छ ।

७५३ वटा स्थानीय तह मध्ये केही रोकिएका स्थानमा आज पनि मतदान हुँदैछ । अन्य बैशाख ३० मै भएको निर्वाचनको मतगणना जारी छ । देशको ६ महानगर, ११ उपमहानगरहरुको भने मतगणनाको परिणाम सार्वजनिक भएको छैन । मतगणना धिमा गतिमा भईरहेकोले यी ठााउको परिणाम आउन अझै साता दिन जति लाग्ने अनुमान गरिएको छ ।

अहिलेसम्म २९० स्थानीय तहमध्ये कांग्रेसले १३० स्थानीय तहको प्रमुख, अध्यक्ष जितेको छ । त्यसपछि दोस्रोमा एमाले छ । उसले अहिलेसम्म ८४ वटा स्थानीय तहको प्रमुख अध्यक्ष जितेको छ ।


तेस्रोमा माओवादी केन्द्र छ । उसले ६१ पलिकाको अध्यक्ष, प्रमुख जितेको छ । एकीकृत समाजवादीले ४, जनता समाजवादीले ३ र अन्यले ८ वटा स्थानीय तहको नेतृत्व हात पारेका छन् ।

आयोगका अनुसार, अहिलेसम्ममा कांग्रेसले १२५ उपप्रमुख , उपाध्यक्ष, एमालेले ८५ उपप्रमुख, उपाध्यक्ष, माओवादी केन्द्रले ५९ उपप्रमुख, उपाध्यक्ष, एकीकृत समाजवादीले ९ उपप्रमुख, उपाध्यक्ष जितेको छ ।

जसपाले ३ र अन्यले ५ उपप्रमुख उपाध्यक्ष जितेका छन् ।

गणना भईरहेकामध्ये प्रमुख अध्यक्षमा कांग्रेस १७७, एमाले १०९, माओवादी केन्द्र ५४, एकीकृत समाजवादी १५, जसपा ३९, लोसपा ८ र अन्य २४ स्थानीय तहमा अग्रता लिईरहेका छन् ।

गणना भईरहेकामध्ये उपप्रमुख, उपाध्यक्षमा कांग्रेस १५३, एमाले १३६, माओवादी केन्द्र ७१, एकीकृत समाजवादी १३, जसपा २६, लोसपा ८ र अन्यले १५ स्थानमा अग्रता लिईरहेका छन् ।

प्रतिक्रिया