बिहीबार, वैशाख १३, २०८१

‘जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्’

मेरोन्यूज २०७९ जेठ ३ गते ११:०९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
‘समग्र समिक्षा हुँदै गर्ला तर अहिलेसम्मको प्रवृतिबाट के भन्न सकिन्छ भने जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् ,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । सत्तामा शुन्यता होला भन्ने डरले मात्र जनताले उठेका मतदातालाई मत दिएको दाबी उनले गरेका छन् । जनतासँग विकल्प नहुँदा यस्तो अवस्था सृजना भएको उनले जनाएका छन् ।

‘नो भोटको प्राबधान नहुँदा र सत्तामा शुन्यता हुनदखनसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक) अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् ! दुःखद कुरा विकल्प पनि छैन !’, उनले भनेका छन् ।

७५३ स्थानीय तहमा भएको निर्वाचनमा डा.भट्टराईको पार्टी जसपाले हालसम्म मात्र ३ पालिकाको प्रमुख जित्न सफल भएको छ ।

प्रतिक्रिया