शुक्रबार, चैत १६, २०८०

भरतपुरमा रेनुकाे अग्रता कायमै, विजय ५९ मतले पछाडि

मेरोन्यूज २०७९ जेठ ३ गते १०:४२

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् ।

पछिल्लो मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९४७ मत पाएकी छन् ।

एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८८८ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्‍नाथले २ हजार ९०५ मत पाएका छन् ।

यसअघि रेनु ३० मतले अगाडि थिइन् । तर १० बजेपछि रेनुले ५९ मतले विजयलाई पछि पारेकी छन्।

भरतपुरमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट रेणु ,एमाले र राप्रपा गठबन्धनबाट विजय मेयरका उम्मेदवार छन् ।

Advertisement

उपमेयरमामा कांग्रेसका चित्रसेन अधिकारी ७ हजार २५७ मतसहित अगाडि छन् । उनलाई राप्रपाका हिमला गुरुङ ४ हजार ८२२ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया