शुक्रबार, चैत १६, २०८०

नुवाकोट सूर्यगढीमा अध्यक्ष उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

मेरोन्यूज २०७९ जेठ ३ गते १०:२६

नुवाकोट । नुवाकोटको सूर्यगढी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका सन्तवहादुर तामाङ अध्यक्ष र मञ्जु बुढाथोकी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

तामाङ र वुढाथोकी यस अगाडी पनि सूर्यगढी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष नै थिए । दुवै फेरि दोहोरिएका हुन् ।

मंगलबार विहान घोषणा भएको मत परिणाम अनुसार अध्यक्षमा कांग्रेसका तामाङले ३७५९ मत ल्याएका थिए । उनको निकटम प्रतिद्धन्द्धी एमालेका राजेन्द्र रिजालले २८८९ मत पाएका थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीका धुब्र अधिकारीले २१७४ मत पाएका थिए ।

अध्यक्षमै राप्रपाका मंगलबहादुर तामाङले १०८, स्वतन्त्र उम्मेदवार रामशरण गिरीले ५० मत र मंगोल नेशनल अर्गनाइजेशनका सुरेन्द्र तामाङले ३४ मत पा्रपत गरेका थिए ।

एमालेका रिजाललाई ८७० मतान्तरले कांग्रेसका तामाङले चुनाव जितेका हुन् ।

Advertisement

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै मञ्जु बुढाथोकी विजयी बनिन् । उनले एमालेका गंगा आचार्यलाई पराजित गरेकी हुन् । एमालेकी पराजुलीले २९३२ मत ल्याएकी थिइन् । त्यस्तै माओवादी केन्द्रका इमानसिंह तामाङले २६७३ मत पाएका थिए ।
राप्रपाका मेलिना तामाङले ११९ र मंगोल नेशनल अर्गनाइजेसनका सुनिता तामाङले ४५ मत पाएकी थिइन् ।

५ वटा वडा रहेको सूर्यगढीको ३ वटा वडाको वडा अध्यक्ष पनि कांग्रेसले जितेको छ । कांग्रेसले वडा नम्बर २, ४ र ५ नम्बर वडाको वडा अध्यक्ष जितेको हो । माओवादी केन्द्रले वडा नम्बर १ र एमालेले वडा नम्बर ३ को वडा अध्यक्ष जितेको छ ।
यस अगाडी ५ नम्बर वडाको वडा अध्यक्ष माओवादीले जितेको थियो । एमालेले कुनै वडा पनि पहिलो पटक नजितेपनि यसपटक वडा नम्बर ३ जितेको छ ।

वडा जित्नेहरुको यस्तो छ सूची

वडा नम्बर १ (जित्नेहरु मात्र)

राजकुमार तामाङ वडा अध्यक्ष (माओवादी) : ७४९

रविन्द्र तामाङ सदस्य (माओवादी) : ७३३

सुरज तामाङ सदस्य (माओवादी) : ६९३

बुद्धिमाया तामाङ महिला सदस्य (माओवादी) : ७५१

धनमाया सुनार दलित महिला सदस्य (माओवादी) : ७४६

वडा नम्बर २ (जित्नेहरु मात्र)

दिपक अधिकारी वडा अध्यक्ष (कांग्रेस) : ६८२

रामबहादुर तामाङ सदस्य (कांग्रेस) : ६०४

साधुराम लामीछाने सदस्य (कांग्रेस) : ५८६

बिनुता प्याकुरेल महिला सदस्य (कांग्रेस) : ६०९

सीता कुमारी नेपाली दलित महिला सदस्य (कांग्रेस) : ६१७

वडा नम्बर ३ (जित्नेहरु मात्र)

पिङगल बहादुर थापा मगर वडा अध्यक्ष (एमाले) : ७७२

जितबहादुर तामाङ घले सदस्य (एमाले) : ६६७

एकवहादुर थापामगर सदस्य (कांग्रेस) : ६४७

शान्ती तामाङ महिला सदस्य (एमाले) : ७५७

निता सुनार दलित महिला सदस्य (एमाले) : ७६५

वडा नम्बर ४ (जित्नेहरु मात्र)

रामशरण राई वडा अध्यक्ष (कांग्रेस) : ११९९

डिलबहादुर तामाङ सदस्य (कांग्रेस) : १०८४

रामकृष्ण गिरी सदस्य (कांग्रेस) : १०५७

मेनका भटटराई महिला सदस्य (कांग्रेस) : १०९३

शोभा परियार दलित महिला सदस्य (कांग्रेस) : ११३८

वडा नम्बर ५ (जित्नेहरु मात्र)
अच्युतराज ढकाल वडा अध्यक्ष (कांग्रेस) : १०२७
कुमार राई सदस्य (माओवादी केन्द्र) : ८२७
भिमसेन तामाङ सदस्य (माओवादी केन्द्र) : ७९२
सावित्री वाग्ले महिला सदस्य (माओवादी केन्द्र) : ८०६
सन्ज्तिा सुनार दलित महिला सदस्य (कांग्रेस) : ८१५

प्रतिक्रिया