बिहीबार, वैशाख १३, २०८१

गाेरखाकाे धार्चे-६ मा गठबन्धनलाई हराउँदै एमाले विजयी

मेरोन्यूज २०७९ जेठ ३ गते ८:३५

गोरखा । गोरखाको धार्चे गाउँपालिका-६ मा एमालेका धनकुमार घलेको प्यानल विजयी भएको छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनका उम्मेदवार मानबहादुर गुरुङलाई ४ मतान्तरले हराएर उनी वडाध्यक्ष बनेका हुन् । घले ५ सय ६१ मतसहित विजयी हुँदा गुरुङले ५ सय ५७ मत पाएका छन् ।
घले ०७४ को निर्वाचनमा पनि वडाध्यक्ष बनेका थिए ।

प्रतिक्रिया