बिहीबार, वैशाख १३, २०८१

भरतपुर अपडेट: रेनु ३० मतले अगाडि, पछ्याउँदै विजय

मेरोन्यूज २०७९ जेठ ३ गते ६:५२

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै अघि लागेकी छिन् । उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ३० मतले पछाडि पारेकी हुन् ।
हालसम्म १७ हजार ३४ मत गणना हुदाँ रेनुले ५,७१८ मत पाएकी छिन् । भने विजयले ५,६८८ मत पाएका छन् ।
त्यसैगरी जगन्नाथ पौडेलले २,७८८ मत ल्याए ।

प्रतिक्रिया