मंगलबार, वैशाख ४, २०८१

एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा कांग्रेस विजयी

मेरोन्यूज २०७९ जेठ २ गते २३:४२

धनकुटा । गत स्थानीय निर्वाचनमा एमालेले क्लिनस्विप गरेको धनकुटाको पाख्रिवास नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ पाँच हजार ४९८ मत ल्याई विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीमबहादुर राईलाई ४४५ मतान्तरले पराजित गरेका हुन् । पराजित राईले पाँच हजार ५३ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकी नम्रता देउजाले पाँच हजार ६२ पाएर विजयी भएकी छन् । उनले गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश निरौलाले ४२१ ले पराजित गरेकी हुन्। निरौलाले चार हजार ६४१ मत पाएका छन ।

प्रतिक्रिया