शुक्रबार, वैशाख ७, २०८१

कपुरकोटको अध्यक्षमा नेकपा एसद्वारा एमाले पराजित

मेरोन्यूज २०७९ जेठ २ गते २२:३४

सल्यान । जिल्लाको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेलाई पराजित गर्दै नेकपा एकीकृत समाजवादी विजयी भएको छ । नेकपा एसका उम्मेदवार दुर्गाबहादुर पुनले एमालेलाई पराजित गरेका हुन् ।

पुनले तीन हजार १६० मत ल्याएका हुन् । उनीसँग पराजित भएका नेकपा एमालेका उम्मेदवार भीमबहादुर सेनले दुई हजार ९३६ मत ल्याए ।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका प्रकाश भरारीले विजयी भएका छन् । उनले तीन हजार २४० मत ल्याउँदा एमालेका उम्मेदवार भीमा बुढाथोकी पराजित भएकी छन् । भीमाले दुई हजार ७४५ मत ल्याएकी थिइन् ।

प्रतिक्रिया