बिहीबार, वैशाख १३, २०८१

खिजीदेम्बाको अध्यक्षमा जसपाका उम्मेदवार विजयी

मेरोन्यूज २०७९ जेठ २ गते २२:२४

ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का गम्बु शेर्पा निर्वाचित भएका छन् । शेर्पाले नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् ।

शेर्पाले दुई हजार ८८२ मत ल्याउएका थिए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले दुई हजार ७५२ मत ल्याएका थिए । नेकपा एमालेका रामबहादुर खत्रीले एक हजार ७१५ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी भएकी छन् । उनले दुई हजार ८२४ मत ल्याएर विजयी हुँदा जसपाका उम्मेदवारले दुई हजार २४१ र एमालेको उम्मेदारका पक्षमा एक हजार ७१५ मत खसेको निर्वाचन अधिकृत विष्णुहरि बरालले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष शेर्पा चीन, अमेरिकालगायतका देशमा बसेर नेपाल फर्किएर राजनीतिमा लागेका हुन् ।

प्रतिक्रिया