बिहीबार, चैत १५, २०८०

कैलालीमा मालिका स्टिल उद्योग स्थापना

मेरोन्यूज २०७९ जेठ २ गते १९:५८

काठमाडौँ । बुद्ध पूर्णिमाको अवसरमा कैलालीको जानकी गाउँपालिका ८ पहाडीपुरमा मालिका स्टिल उद्योग सञ्चालनमा आएको छ ।

उद्योगका अध्यक्ष टीकाराम जैशीका अनुसार पहिलो चरणमा एक अर्ब ७० करोड रुपैयाँ लगानी हुने उद्योगमा करिब पाँच सय जनाले प्रत्यक्ष रोजगारी र सयौँ जनाले अप्रत्यक्ष रोजगारी पाउने छन् ।

प्रतिदिन १५० टन उत्पादन क्षमताको उद्योगबाट ग्याबियन तार, बार्ब्ड तार, टोरकारी, किलाकाटा लगायतका वस्तुहरु उत्पादन हुने छन् । उद्योगलाई विस्तार गरेर निकट भविष्यमा अत्याधुनिक उद्योगका रुपमा विकास गर्ने लक्ष्य राखिएको जैशीले बताए ।

पछिलो समय सुदूरपश्चिम क्षेत्रमा नयाँ उद्योग सञ्चालनमा आउन नसकेको अवस्थामा नयाँ उद्योगको स्थापनाले यो प्रदेशमै लगानीका लागि वातावरण रहेको सन्देश प्रवाह हुने अपेक्षा स्थानीयको छ ।

विशेषत टीकापुर, लम्की र जनकी क्षेत्रमा थप नयाँ उद्योग खोल्न यसले प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

Advertisement

प्रतिक्रिया