शनिबार, वैशाख ८, २०८१

भारतीय प्रधानमन्त्री प्राथानामा हुँदा देउवा हल्लिएर बसे (भिडियोसहित)

भैरहवा । बुद्ध जयन्तीकाे अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएका छन् । सो अवसरमा उनले बुद्धको प्राथाना गरेका थिए ।

भारतीय प्रधानमन्त्री प्राथानामा हुँदा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा हल्लिएर बसेका थिए ।

नेपाल र भारतबीच विभिन्न पाँँच वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आएका बेला उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा एसियाली अध्ययन केन्द्र (सिनास) र आईसीसीआर, काठमाडौँ विश्वविद्यालय र आईसीसीआर, सोही विश्वविद्यालय र चेन्नईस्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँच वटा समझदारी भएको हो ।

प्रतिक्रिया