शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंमा १४ हजार ५०० मत गन्दा बालेनको अग्रता कायमै

मेरोन्यूज २०७९ जेठ २ गते १०:५०

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । अहिलेसम्म १४ हजार पाँच सय मत गणना भएकोमा बालेन शाहले ६ हजार ४८६ मत प्राप्त गरेका छन् । उनी नै अहिलेसम्म अग्रस्थानमा रहेका छन् । भने दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३ हजार ४१३ मत ल्याएका छन् ।
भने तेस्रोमा कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३ हजार ९ मत ल्याएकी छिन् । अहिले महानगरपालिकामा मतगणना जारी छ ।

प्रतिक्रिया