मंगलबार, वैशाख ४, २०८१

बालेनकाे फराकिलो अग्रता कायमै

मेरोन्यूज २०७९ जेठ २ गते ९:३६

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । हालसम्म १४ हजार मतगणना गर्दा बालेनले ६ हजार २०७ मत पाएका छन् । भने दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३ हजार २४३ मत ल्याए ।
तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ८८५ मत ल्याएकी छिन् । अहिले महानगरपालिकामा मतगणना जारी छ ।

प्रतिक्रिया