शुक्रबार, वैशाख १४, २०८१

ईन्द्रसरोवरमा एमालेका पुडासैनी विजयी

मेरोन्यूज २०७९ जेठ २ गते ८:३५

मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी विजयी भएका छन् । पुडासैनीले ३ हजार ७२२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्व लाल लामाले ३ हजार ४७२, नेकपा समाजवादीका जीवन लामाले ४७९ मत प्राप्त गरेका छन् ।

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उमा कुमारी लामा विजयी भएकी छन् । उनले ३ हजार ७२५ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी निर्मला रुम्बाले ३ हजार ६५६ मत प्राप्त गरेकी छिन् ।

५ वटा वडा रहेको गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका सुवास थापा मगर ९७५३०, २ नम्बर वडामा नेपाली कांग्रेसका सुमन श्रेष्ठ ९११२००, ३ नम्बर वडामा नेकपा एमालेका प्रताप भोम्जन ९११७६०, ४ नम्बर वडामा नेकपा एमालेका चन्द्र कुमार बल ९८०५० र ५ नम्बर वडामा नेपाली कांग्रेसका दुत राज तितुङ ९८१७० मतसहित वडा अध्यक्षमा विजयी भएका हुन्

प्रतिक्रिया