शुक्रबार, वैशाख १४, २०८१

गौतमबुद्ध विमानस्थलमा दुई अन्तर्राष्ट्रिय जहाज अवतरण

मेरोन्यूज २०७९ जेठ २ गते ७:१८

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् ।

विमानस्थल कार्यालयका अनुसार आज बिहान ६ बजेर ५५ मिनेटमा नेपाल वायुसेवा निगम (नेवानी) को पहिलो जहाज अवतरण गरेको छ । नेवानिले काठमाडौंबाट कमर्सियल उडान गरेको हाे ।
त्यसैगरी, आजैं बिहान जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरे छ । जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।
यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक रुपमा औपचारिक उडान प्रारम्भ भएको छ । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् ।

तर नागरिक उड्डयन प्राधिकरणले भने जेठ २९ गतेबाट यस विमानस्थलबाट व्यवसायिक उडान सुरू गरिने जनाएको छ ।

प्रतिक्रिया