शुक्रबार, चैत १६, २०८०

भारतीय प्रधानमन्त्री मोदी ५ घण्टाका लागि आज नेपाल भम्रणमा आउँदै

मेरोन्यूज २०७९ जेठ २ गते ७:२७

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भम्रणमा आउँदैछन् । भारतीय प्रधानमन्त्री मोदी ५ घण्टाका लागि
लुम्बिनीमा आउन लागेका हुन् । बौद्द जयन्तीका अवसर पारेर उनी लुम्बिनी आउन लागेका हुन् । उनले लुम्बिनीमा मुस्किलले ४ देखि ५ घण्टाको अवधि बिताउने बताइएको छ ।
उनी लुम्बिनीबाटै भारत फर्किने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरको दर्शन, लुम्बिनी क्षेत्रमा निर्माण गरिने इन्डिया इन्टरनेसनल फर बौद्ध कल्चर एन्ड हेरिटेजको शिलान्याश गर्नेछन् ।
त्यसपछि नेपाल सरकारद्वारा बुद्ध जयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन तथा समकक्षी देउवाको भेटवार्ता र डेलिगेसन लेभलको बैठकमा मोदीको सहभागिता रहने कार्यक्रम छ ।

मोदीको प्रधानमन्त्रीका रुपमा यो पाँचौं नेपाल भ्रमण हो ।

प्रतिक्रिया