बिहीबार, वैशाख १३, २०८१

दुबै मिलानको उपाधि होड कायमै

मेरोन्यूज २०७९ जेठ २ गते ७:१९

काठमाडौं । इटालियन सिरी ए फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष टोलीहरू एसी मिलान र इन्टर मिलानले सहज जित निकालेका छन् । घरेलु मैदानमा एसी मिलानले एट्लान्टालाई २-० ले पराजित गर्‍यो । एसी मिलानको जितमा राफायल लियो र थियो हर्नान्डेजले समान एक गोल गरे ।

जितसँगै मिलानले ३७ खेलबाट ८३ अंक जोडेर शीर्ष स्थानमा छ । एट्लान्टा ५९ अंक जोडेर आठौँ स्थानमा छ । अर्को खेलमा इन्टर मिलानले काग्लीअरीलाई ३-१ ले हरायो । इन्टरको जितमा लौटारो मार्टिनेजले दुई गोल गर्दा माथ्यो डार्मिअनले एक गोल गरे ।

जितसंगै समान खेलबाट ८१ अंक बनाएको इन्टर दोस्रो स्थानमा छ । काग्लिअरी २९ अंकसहित रेलिगेसन क्षेत्रमा छ । अब अन्तिम खेलमा एसी मिलानले जित निकाले स्वत् : सिरी ए लिग विजेता बन्नेछ । एसि मिलान पराजित भए इन्टरको सम्भावना रहन्छ ।

प्रतिक्रिया