मंगलबार, चैत ६, २०८०

१३ हजार ७१४ मत गन्दा बालेनको अग्रता कायमै

मेरोन्यूज २०७९ जेठ २ गते ६:२९

काठमाडौं । महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) अग्रता कायमै राखेका छन् । हालसम्म १३ हजार ७१४ मतगणना भएको निवार्चन कार्यालयले जनाएको छ ।

पछिल्लो मत परिमाणनुसार बालेनले ५ हजार २१४ मत प्राप्त गरेका छन् । बालेनले दुई हजार ३८२ बढी मतले अग्रता कायम गरेका छन् ।
भने दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २ हजार ८३२ मत ल्याए ।

भने तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २ हजार ४७० मत ल्याएकी छिन् ।

प्रतिक्रिया