शुक्रबार, वैशाख १४, २०८१

इलामका तीन वडामा एमाले र तीनमा गठबन्धनका उम्मेदवार निर्वाचित

मेरोन्यूज २०७९ जेठ १ गते १४:२७

इलाम । इलामको माङसेबुङ गाउँपालिका-६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । यहाँ वडाध्यक्षमा प्रदीप साङपाङ निर्वाचित भएका छन् । समाङपाङले आठ सय ३० मत पाउँदा निकटतम प्रतिष्पर्धी कांग्रेसका जीवनकुमार राईले तीन सय ३४ मत पाएका छन् । प्रदिप निवर्तमान वडाअध्यक्ष पनि हुन् । महिला सदस्यमा एमालेकी पुनम सम्बाहाम्फे, खुला सदस्ययमा खगेन्द्र खड्का र दिवस राई निर्वाचित भएका छन् ।

इलाम नगरपालिका-१२ मा नेपाली कांग्रेसले प्यानलै विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसका लाखमान लिम्बूले एक हजार दुई मत ल्याएका छन् भने निकटतम् प्रतिष्पर्धी एमालेका नवीनकुमार लिम्बूले नौ सय २० मत पाएका छन् ।

महिला सदस्यमा बीबी लिम्बू, दलित महिला सदस्य कुमारी ल्वागुन, खुला वडा सदस्यमा टीकबहादुर एक्तेन र नेत्रप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

यस्तै, माई नगरपालिका-१० मा गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडाध्यक्षमा एमालेका गणेश राईले ६ सय ५८ मत ल्याएर निर्वाचित भए ।
उनका निकटताम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर आलेमगरले पाँच सय २४ मत प्राप्त गर्दै पराजित भए । महिला सदस्यमा एमालेकै कृष्णकुमारी थापा, दलित महिला सदस्यमा गीतादेवी गदाइली, खुला सदस्यमा राजकुमार गड्तौला र मोहनकुमार मगर विजयी भएका छन् ।

देउमाई नगरपालिका-१ मा पनि नेकपा एमालेलेको प्यानल निर्वाचित भएको छ । वडाध्यक्षमा एमालेका मीनराज श्रेष्ठ एक हजार दुई मत ल्याएर निर्वाचित भएका छन् ।

इलामको माईजोगमाई गाउँपालिका-२ मा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डम्बर बहादुर सुवेदी निर्वाचित भएका छन् । डम्बर बहादुर सुवेदीले एक हजार २९ मत पाएका छन् ।

इलाम १ मा गठबन्धनभित्रको नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका गायत्री बस्नेतले जिते भने उनका प्रतिद्धन्दी एमालेका अम्बिका बस्नेत पराजितभए ।

प्रतिक्रिया