शुक्रबार, वैशाख १४, २०८१

मोदीको सुरक्षाको कमाण्ड नेपाली सेनालाई

मेरोन्यूज २०७९ वैशाख ३१ गते १९:३०

काठमाडौं । नेपाल भ्रमणको क्रममा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाको कमाण्ड गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

जेठ दुई गते बुद्ध जयन्तिको अवशरमा नेपाल भ्रमणमा आउन लागेका मोदीको सुरक्षाको कमाण्ड गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको हो ।

मोदीको सुरक्षाकै लागि नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शहकुल थापा समेत शनिवार लुम्बिनी पुगिसकेका छन् ।

२५६६ औँ बुद्ध जयन्तीका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन् । उनी हेलिकप्टरबाट लुम्बिनी आउँदै छन् । लुम्बिनीमा चारवटा हेलिप्याड बनाइएको छ ।

मोदीको भ्रमण कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनी जाँदै छन् । भारतीय प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकाल समालेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

यसअघि मोदी सन् २०१९ मा नेपाल आएका थिए ।

प्रतिक्रिया