बिहीबार, चैत १५, २०८०

जितपुर सिमरा उपमहानगरमा गठबन्धनको अग्रता, लोसपा पछिपछि

मेरोन्यूज २०७९ वैशाख ३१ गते १३:४६

काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उमहानगरपालिकाको मेयरमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी कन्द्र)का राजन पौडेलले अग्रता लिएका छन् । उनको पछाडी पछाडी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का संजयकुमार शाह छन् ।

स्रोतका अनुसार गठबन्धनका उम्मेदवार पौडेलल ५६९ मत प्राप्त गरेका छन् । लोसपाका उम्मेदवार शाहले ५६८ एमालेका सरस्वतिदेवी चौधरीले २७७ मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा काङ्ग्रेसका उम्मेदवार मेघा शाहीले ६०२ मत ल्याएकी छिन् । त्यस्तै लोसपाका विपी मोक्तानले ५६६ मत ल्याएकी छिन् र एमालेका भोला प्रसाद अधिकारीले २७५ मत ल्याएका छन् ।

प्रतिक्रिया