शनिबार, वैशाख ८, २०८१

विराटनगर महानगरपालिका सुरु भयो मतगणना

मेरोन्यूज २०७९ वैशाख ३१ गते १०:३५

विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

शुक्रबार राति बसेकाे सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेकाे थियाे । तर पानी परेका कारण दुई घण्टा ढिलो १० बजेबाट सुरु भएको हो ।

महानगरको वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना सुरु भएको हो । विराटनगरमा एक लाख ३३ हजार एक सय ४२ मतदाता छन् । निर्वाचनमा ८९ हजार ८ सय ९६ मत खसेको थियो ।

प्रतिक्रिया