शुक्रबार, वैशाख ७, २०८१

माधव नेपालकै निर्वाचन क्षेत्रमा नेकपा(एस)लाई धक्का, कागेश्वरी नगरप्रमुखका उम्मेदवारको आठ भोट

मेरोन्यूज २०७९ वैशाख ३१ गते १०:३१

काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकै निर्वाचन क्षेत्रमा एकिकृत समाजवादीलाई गारो परेको छ । काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकामा एकिकृत समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका कृष्णहरी थापाले हाल सम्म आठ मतमात्रै प्राप्त गरेका छन् ।

उक्त नगरपालिकामा नेकपा एमालेका राम शरण ढुंगनाले अग्रता लिएका छन् । उनले दुई सय ३८ मत ल्याएका छन् भने नेपाली काँग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार उपेन्द्र कार्कीले दुई सय २५ मत ल्याएका छन् ।

एकिकृत समाजवादीबाट मेयरको दावी गर्ने थापा यसअघि नेकपा एमालेबाट ८ हजार ९ सय ९६ मत सहित विजयी भएका थिए तर यसपाली भने उनले हालसम्म ८ वटा मत मात्रै आफ्नो पोल्टामा पारेका छन् । त्यस्तै उपमेयरका उम्मेदवार सरस्वती नेपालले १० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया