शनिबार, वैशाख ८, २०८१

रुपा गाउँपालिकामा कांग्रेसको आग्रता

मेरोन्यूज २०७९ वैशाख ३१ गते १०:१०

कास्की । कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ ।गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए । सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय वैठक बसी मतगणना सुरु गरिएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिए ।
गाउँपालिकाको वडा नं १ र २ को मतगणना भइरहेको र हाल ८०० जति मतगणना भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार गणनामा वडा नं १ मा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

प्रतिक्रिया