शनिबार, वैशाख १५, २०८१

आईपीएलमा मुम्बईको तेस्रो जित

मेरोन्यूज २०७९ वैशाख ३० गते ७:१२

काठमाडौं । चेन्‍नई सुपर किङसलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सले तेस्रो जित निकालेको छ ।

बिहीबार राति चेन्‍नईले दिएको ९८ रनको लक्ष्य मुम्बईले १४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे ।

मुम्बईको जितमा तिलक वर्माले सर्वाधिक ३४ रन बनाए । चेन्‍नईका मुकेश चौधरीले ३ विकेट लिए ।

त्यसअघि मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्‍नईले १६ ओभरमा सवै विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।

चेन्‍नईका कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ३६ रन बनाए । मुम्बईका डानिल साम्सले ३ विकेट लिए ।

जितसँगै मुम्बईले १२ खेलमा ६ अंक जोडेर पुछारमा छ । चेन्‍नई १२ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा  छ ।  

प्रतिक्रिया