बिहीबार, वैशाख १३, २०८१

प्रचण्ड चितवन गएपछि आयोगले बागमती प्रहरी प्रमुख, चितवनका सिडिओ र एसपीलाई सोध्यो स्पष्टीकरण

मेरोन्यूज २०७९ वैशाख २९ गते १९:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चितवन भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚चितवनका प्रमुख जिल्ला अधिकारी र एसपीलाई स्पष्टीकरण सोधेको छ ।  

आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको हो ।  

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुजा सिंह, चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र प्रहरी उपरीक्षक नवराज अधिकारीलाई स्पष्टीकरण सोधिएको सहसचिव यज्ञ भट्टराईले जानकारी दिए।

उनका अनुसार बिहीबार तीनै जनालाई आठ घण्टे स्पष्टीकरण सोधिएको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मौन अवधिमा भरतपुर पुगेर प्रचाप्रसारमा लागेको खबरपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको हो।

प्रतिक्रिया