शुक्रबार, चैत १६, २०८०

थप २१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित दुई सयभन्दा कम

मेरोन्यूज २०७९ वैशाख २८ गते १७:०४

काठमाडौँ । देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज तीन हजार ७८८ जनाको परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

यो अवधिमा १६ जना संक्रमण मुक्त भएका छन् । आज कोरोनाका कारण कसैको निधन भएको छैन ।

मन्त्रालयका अनुसार हाल नेपालमा एक सय ८७ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया