शुक्रबार, चैत १६, २०८०

एकल नारीको अभिलेख : विधवा वासना

किरण अधिकारी २०७९ वैशाख १७ गते १५:५९

श्रीमान्को मृत्यु हुँदा एउटै चितामा श्रीमती जल्नु पर्ने ‘सती प्रथा’ उन्मूलन भएको एक सताब्दी पुगेको छ । २५ असार १९७७ सालमा चन्द्र शमशेरले सती प्रथा अन्त्यको घोषणा गरेका थिए ।

१९१० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेसँगै यो प्रथालाई केही बन्देज लगाउने प्रावधान राखे । मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका श्रीमती भए सती जानु नपर्ने, ९ वर्ष मुनिका छोराछोरी हुनेले सती जानु नपर्ने व्यवस्था गरिएको थियो ।

महिलाको अधिकारका लागि यो घोषणा मान्ने हो भने, नेपालमा सती प्रथा हट्यो । आगामी असार २५ गते १०२ वर्ष पूरा हुन्छ । नेपाली समाजमा सती प्रथा हटाएर यहाँसम्म आइपुग्दा एक जनाको नेतृत्वमा सबैको समर्थनले सम्भव भएको हो ।

तर, दुर्भाग्य नेपाली महिलाको विकासक्रम, भूमिका, योगदान विगतका भोगाइ र तिनका इतिहास ज्यादै न्यून भेटिन्छ । नेपालका महिलासम्बन्धी गहन अध्ययन–अनुसन्धान र बहस कमै हुने गरेको छ ।

आज पनि कुनै महिलाको योगदान पूर्ण अभिलेख खोज्दा भेटिदैन । नेपाली राजनीतिमा मेयर–उपमेयर, सांसद, उपसभामुख र राष्ट्रपतिसम्म महिला बने । तर, सुदूरपश्चिममा रहेको छाउपडी प्रथा अहिलेसम्म हट्न सकेको छैन । महिलाको योगदानका अभिलेख नहुँदा इतिहास मेट्दै गएको छ ।

Advertisement

नेपाली महिलाको अभिलेखको अभाव पूर्ति गर्न साहित्यिक सिर्जना गर्ने अक्षर शिल्पी प्रजापति तिमिल्सिनाले ‘विधवा वासना’ उपन्यास प्रकाशनमा ल्याएका छन् । यो एउटा विशुद्ध एकल महिला (विधवा नारी)को इतिहासको दस्तावेज हो ।

पुस्तकमा लेखकले एकल महिलाको जीवनका उतार चढावलाई मात्र प्रस्तुत गरेका छैनन्, परिवार (सन्तान) प्रतिको योगदानलाई पनि समेटेका छन् ।

पुस्तकमा केही प्रतिनिधि पारिवारिक सदस्य चयन गरेर उनीहरूले भोगेका अनेक काल खण्डमा यथार्थ विवरण र तिनको दस्तावेजलाई अभिलेखिकरण गराएको छ । पुस्तकमा लेखकले एकल महिलाको जीवनका उतार चढावलाई मात्र प्रस्तुत गरेका छैनन्, परिवार (सन्तान) प्रतिको योगदानलाई पनि समेटेका छन् ।

यो पुस्तक संस्कृति, समाजशास्त्र, भाषाका विद्यार्थी, पारखी, जिज्ञासु र परिवारसँग निकट हुने र उत्तरदायित्व बहन गर्नेका लागि पठनीय छ । ३४३ पृष्ठको पुस्तकमा नेपाली समाजमा विधवाप्रतिको सोचसँगै उक्त महिलाले सन्तानप्रतिको उत्तरदायित्वलाई समेटेको छ ।

१३ भागमा विभाजन गरी लेखिएको पुस्तकका प्रत्येक क्षेत्रमा संस्कृति, आमा, छोराको समयानुसारको आरोह, अवरोह चित्रण गरिएको छ । योसँगै प्रत्येक भागमा पात्रका परिचय भोगाइ र बुझाइ समेटिएको छ । लेखकले सोही एकल महिला आमासँग पछि लागेर धर्म नबुझे पनि प्रसाद खानको लोभले समयानुसारको अनुभवलाई लिपिबद्ध गरेका छन् ।

पुस्तकको पहिलो भागमा आमाको पछि लाग्ने लेखकले विन्ध्यवासिनी मन्दिरदेखि विभिन्न धार्मिक स्थलमा दर्शन गर्दा सोचेको पूरा हुने संस्कृतिलाई टिपेका छन् । ‘सत्यकी भीमसेन देउता’मा सामाजिक दोहको कामलाई मिश्रण गरेका छन्, उपन्यासमा लेखक प्रजापतिले ।

भाग दुईमा मेरी दिदी शीर्षकमा नारीलाई यौन आकर्षणको विशेषतामा समेटेका छन् । सत्, असत् समृद्ध नै ब्रह्मााण्डको योनीमा वर्णन गरेका छन् ।

‘अज्ञात गन्तव्य’को भागमा जीवन प्राप्तिका लागि साधना महत्वपूर्ण भए झै एकीन नभएको गन्तव्यको टुंगोमा पुग्दा खुसीले हुर्लङ्ग हुनुको विकल्प नभएको देखाउँदै धोकाले पनि समाजमा बसाउने बानीलाई जस्ताको तस्तै उतारेका छन् लेखकले पुस्तकमा ।

युवा बन्दीले मुक्तिको कामना कहिल्यै नगर्ने परिपाटी भाग चारको ‘तेश्रो तगारा’सँगै ‘मातृविहीन टुहुरा र पितृविहीन विचरा’, ‘प्राण त बन्धनभित्रै छुटेछ’, ‘निर्दयी भगवान’, ‘प्रारम्भ र लय’, ‘जेलमा पनि नेल’, ‘सर्केनी बन्नु परे नी म तयार छु’, ‘मान्छे नै बैगुनी’, ‘पैसाको लोभले सबै बिर्गाछ’,लगायत तेह्र भागमा ‘यो त जेलको गन्ध हो’, शीर्षकसहित उपन्यास सकिन्छ ।

त्यो यज्ञ सम्पन्न गर्न धर्म पत्नी नै चाहिने अनिवार्यता भए पनि पत्नीविना नै सम्पन्न भयो ।

यो पुस्तकमा कुनै खेलाडी वैकल्पिकको रुपमा मैदान छिर्दा नायकत्व भूमिका खेलेपछि टिमले गेम जितेजस्तै बुवाको मृत्युपछि एकल महिलाले आफ्ना सन्तानको पालन पोषणसँगै संस्कृति, भाषा, इतिहास सबै पढाएर ठूलो बनाउँछिन् । सबैलाई लक्ष्यसहित सपना देख्ने बनाउन लागेकी हुन्छिन्, आमा । वास्तवमा भन्ने हो भने भाग्यले ल्याएको भेल, कठोरताको अनि वैधन्यको व्यथा उपनासमा झेल्दै आएका छन् ।

आदर्श समाजमा पुरुषोत्तम पुरुष रामले आफ्नो पुरुषार्थ देखाउन अश्वमेध यज्ञ गर्न आँटे । त्यो यज्ञ सम्पन्न गर्न धर्म पत्नी नै चाहिने अनिवार्यता भए पनि पत्नीविना नै सम्पन्न भयो । ठूलाले गरेको कार्यलाई अपूर्ण भन्न कसैले नसकेझै लेखक प्रजापतिले आमासँग हुर्कदा, संकृतिलाई अंगाल्दा, लोभ, उमेर र समय परिवर्तनसँग नारीसँग निकट हुँदा समाजमा परिवर्तन र विकास ल्याउन चाहन्छन्, सोचेर ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झै ‘यदि, तिमी साच्चिकै चोर हो भने जति सक्छौँ विद्या चोर धन होइन’लाई समाज, परिवार र व्यक्तिका लागि ज्ञान, सीप र अनुभव मिश्रणक लागि ‘विधवा वासना’ उपन्यास पढ्नुको विकल्प छैन ।

आमासँग हुर्कंदा थाहा हुन्छ महिलाहरू आत्माका जतिसुकै शक्तिवान भए पनि उनीहरूको दैनिक जीवनको कर्म रेखाभित्र परिवर्तन भइरहने प्राकृतिक स्वरुप पुरुष प्रधान समाजमा नारी दमित हुन्छन् ।

धैर्यका वाधामा नारी हुन्छन्, विधवाप्रति गिद्दे नजर लागाउने पुरुषले पनि समाजमा परिवर्तनका लागि आवाज उठाउने नाटक मात्र गर्छन् र मौन हुन्छन् । विधवा नै विधवाको कहानीको रुपमा औँल्याइन्छन् ।

लेखक प्रजापतिले आमाको सम्झनामा समाजको चित्रणसँगै संस्कृति, धर्म, वैधन्य, विदुर, यौन, नारी, आमा, दिदीसँगै श्रीमती भगवतीलाई प्रमुख स्थान दिएका छन् । पूजनीय माता पद्मावती तिमल्सिनामा समर्पित ‘विधवा वासना’सँगै लेखक प्रजापतिले साहित्यका लागि वार्षिक पुरस्कारसमेत दिने गरेका छन्, आमाको नाममा ।

यसअघिको ‘अनेरुवा’सँगै यसपछिको ‘कालो पहाड’लाई पाठकले पढेर कस्तो प्रतिक्रिया दिने छन्, र लेखक प्रजापति नेपालकै ठूला साहित्यिक पुरस्कार पाउँछन् कि पाउँदैनन् पढ्न, सुन्न र देख्न बाँकी नै छ ।


किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया