शुक्रबार, वैशाख १४, २०८१

नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)

मेरोन्यूज २०७९ वैशाख १६ गते १०:१८

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले करार नियुक्ति गर्ने सम्बन्धी सुचना जारी गदै आवेदन आह्वान गरेको हो ।

रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी प्राधिकरणले बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौं तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो ।
पुरुषको हकमा २१ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

वैशाख २१ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । लिखित परीक्षा वैशाख २३ गते हुनेछ ।

प्रतिक्रिया