शुक्रबार, चैत १६, २०८०

भरतपुरमा पौडेलको उम्मेदवारी फिर्ता गराउन नेताहरू कसरतमा

मेरोन्यूज २०७९ वैशाख १५ गते १४:४६

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले भरतपुर महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नथ पौडेलसहित उनका प्रस्तावक र समर्थकलाई भेट गरेका छन् । भेटमा मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउन आग्रह गरेका थिए ।

पौडलसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री खाणले स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पार्टीले विशेष परिस्थितिमा गठबन्धन गरेको छ, पार्टीले गरेको निर्णयलाई हामी सबैले अघि बढाऊँ, कार्यान्वयन गराऊँ भन्ने नै हामीले विशेष आग्रह गरेका छौँ ।’

निर्वाचनको समयमा पार्टीले आधिकारिक उम्मेदवार दिने जनाउँदै उनले कांग्रेस सधैँ लोकतन्त्रका लागि प्रतिबद्ध रहेको बताए । उनले भने, ‘अहिले असहज परिस्थिति छ, यो असहज परिस्थितिबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।’

पौडेललाई भेट्नुअघि प्रस्तावक मिना खरेल र समर्थक कृष्णलाल सापाकोटसँग गृहमन्त्री खाँणले भेटवार्ता गरे । उनीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले आफू आफ्नो उम्मेदवारीबाट फिर्ता नहुने ठाउँमा पुगेको जानकारी गराएको बताए ।

उनले भने, ‘गृहमन्त्रीलाई मैले यो चिवतन जिल्लाका साथीको मान मर्यादा र उहाँहरूको भविष्यसँग जोडिएको विषय छ, यो मैले एक्लै निर्णय गर्ने होइन त्यसो हुनाले मलाई गाह्रो छ भने ।’

Advertisement

छलफलका क्रममा गृहमन्त्री खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, जिल्ला उपसभापति राजीव न्यौपाने सहभागी भएका थिए ।

प्रतिक्रिया