मंगलबार, असार ४, २०८१

कांग्रेस–माओवादीका उम्मेदवारलाई जिताउनु पर्छ : अध्यक्ष नेपाल

मेरोन्यूज २०७९ वैशाख १५ गते १४:१२

काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माध नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् ।

Advertisement

काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा सहमतिको प्रयास भइरहेको जानकारी दिए ।

अध्यक्ष नेपालले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई निर्वाचित गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरे ।

बिहीबार गठबन्धनको कार्यदलको बैठक बस्न लागेको जानकारी दिँदै उनले सहमतिका साथ गठबन्धन अघि बढ्ने बताए ।

स्थानीय तहमा गठबन्धनबीच सहमति कायम गरेर उम्मेदवारलाई निर्वाचित गराउने विषयमा छलफल गर्न कार्यदलको बैठक बस्न लागेको भन्दै उनले केही पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका जानकारी दिए ।

प्रतिक्रिया