आइतबार, जेठ ६, २०८१

मकवानपुरमा ६ जना उम्मेदवारविरुद्ध उजुरी

मेरोन्यूज २०७९ वैशाख १४ गते २०:३४

हेटौंडा । मकवानपुरको विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ६ जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाका ६ जना उम्मेदवारको विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Advertisement

हेटौंडा १९ का वडा अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका नरनाथ सुवेदीविरुद्ध कर छलीको आरोपको उजुरी परेको छ । त्यसैगरी मनहरी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार मनिला विष्टविरुद्ध उजुरी परेको छ भने ३ नम्बर वडा अध्यक्षका उम्मेदवार अनन्तप्रसाद अर्याल विरुद्ध उजुरी परेको छ ।

नेकपा एसबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी विष्टलाई गाउँपालिका भित्र बेरुजु र अख्तियारको मुद्दा छानवीन गरी असुल उपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै उजुरी परेको हो भने नेपाली कांग्रेसको तर्फबाट मनहरीको ३ नम्बर वडा अध्यक्षका उम्मेदवार अर्याललाई विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित उजुरी परेको छ ।

बकैया गाउँपालिकाका ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार छाया अधिकारी र नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवार भक्तबहादुर खत्री र माओवादीकै तर्फबाट ५ नम्बर वडाका उम्मेदवार विरुद्ध पनि उजुरी परेको छ ।

प्रतिक्रिया