आइतबार, जेठ ६, २०८१

खोटाङका दुई उम्मेदवारविरुद्ध उजुरी

मेरोन्यूज २०७९ वैशाख १४ गते १९:३७

खोटाङ । खोटाङका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका वडाध्यक्षका उम्मेदवार ज्ञानराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा सदस्यका उम्मेदवार हरिकुमार खत्रीविरुद्ध विरोध सम्बन्धी उजुरी परेको हो । 

Advertisement

खार्ताम्छाको चोखाने खानेपानी निर्माण योजनाको उपभोक्ता समितिको अध्यक्ष रहेको भन्दै वडाध्यक्षका उम्मेदवार राईविरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । 

यस्तै, मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय दोर्पाचिउरीडाँडासम्म जाने ढलानको पेस्की पछ्र्यौट नगरेको भन्दै वडा सदस्यका उम्मेदवार खत्रीविरुद्ध उजुरी दर्ता भएको हो । 

आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेका व्यक्तिविरुद्ध दावीविरोधका लागि निर्वाचन आयोगले बुधबार एक दिन उजुरी दिने समय दिएको थियो । 

उजुरी परेका उम्मेदवारलाई सफाइ तथा सबुद प्रमाण सहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन भनिएको छ । जिल्लाका १० स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यका लागि १ हजार ३३० जनाको मनोनयन दर्ता भएको छ ।

प्रतिक्रिया