आइतबार, जेठ ६, २०८१

रसुवाका तीन वडामा राजनीतिक दलले दलित महिला सदस्य नै पाइएनन्

मेरोन्यूज २०७९ वैशाख १४ गते १८:४३

रसुवा । रसुवाको तीन वडामा दलित सदस्यको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा दलित महिला सदस्यमा एउटै उम्मेदवारी परेन ।

Advertisement

यस क्षेत्रमा दलित नभएका कारण तीन वटा पदमा उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा १ सय ४५ जनाका लागि ४ सय ९४ जनाको उम्मेदवारी परेको छ ।

पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् भने जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ३४ वटा मतदान केन्द्र र ५१ वटा मतदान स्थल रहेका छन् ।

प्रतिक्रिया