आइतबार, जेठ ६, २०८१

नवलपरासी सुनवल ८ को अध्यक्षमा कृष्ण के.सीले दिए उम्मेदवारी

मेरोन्यूज २०७९ वैशाख १४ गते १५:१९

बुटवल । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नंबर ८ को वडा अध्यक्षमा नेकपा एमालेबाट कृष्ण के.सीले उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

यसअघि सोही वडाका खुल्ला वडा सदस्यमा निर्वाचित भएका के.सीले वैशाख ११ गते निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमाले सुनवल नगरपालिका वडा नंबर ८ वडा कमिटिका अध्यक्ष समेत रहेका के.सी स्थानीय तहमा राम्रो छवि भएको जनप्रतिनिधिको रुपमा परिचित छन् । लामो समयदेखि सक्रिय राजनीतिमा होमिएका के.सी समाज सेवामा समेत उत्तिकै जागरुक रहेको स्थानीयहरुको भनाई छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा उनि सोही वडाबाट वाडा सदस्यमा निर्वाचित भएका थिए । वडा सदस्य रहँदा समेत वडावासीलाई राम्रो सुविधा उपलब्ध गराएको र वडामा राम्रो छाप बनाएका के.सीले आसन्न निर्वाचनमा समेत राम्रो मतका साथ निर्वाचित हुने देखिन्छ ।

प्रतिक्रिया