शनिबार, वैशाख १५, २०८१

धर्मेन्द्र बास्तोलालाई प्रश्न : पार्टीले जिम्मेवारी खोस्यो, अब के गर्नुहुन्छ ?

मेरोन्यूज २०७९ वैशाख १४ गते १२:३८

काठमाडौं । एकीकृत जनक्रान्तिको कार्यदिशासहित बैज्ञानिक समाजवादको नारा लिएर राजनीति गदैं आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामा विभाजनको रेखा कोरिएको छ । पार्टीले स्थानीय तह चुनाव उपयोग गर्ने नगर्ने भन्ने विषयमा चुलिएको मतभेदले अन्तत पार्टीलाई विभाजनको बाटोमा लगेको हो ।

औपचारिक घोषणा विभाजनको नभए पनि महासचिव विप्लवले पार्टीका ५ सदस्यीय सचिवालय मध्येका जिम्मेवार २ जना सचिवालय सदस्यहरु हेमन्त प्रकाश वली सुर्दशन र धर्मेन्द्र बास्तोला कञ्चनलाई अराजकताबादी, अवसरवादी,विचलनवादी गतिविधि गरेको भन्दै अनिश्चित समयका लागि सवै जिम्मेवारीबाट पदमुक्त गरेका थिए । विप्लवले बुधबार वक्तब्य जारी गरेर सुर्दशन र कञ्चनले पार्टीभित्र नमिलेको विषय स्थानीय चुनावलाइृ देखाएपनि त्यो निमिक्त र वाहनाको विषय मात्र भएको बताएका छन् ।

नेकपामा विप्लव र प्रकाण्ड स्थानीय तह चुनाव उपयोगको पक्षमा छन् । देशभर स्वतन्त्र उम्मेदवारका नाममा विप्लवको पार्टीले कतिपय ठाँउमा पार्टीका केन्द्रीय नेतालाई नै चुनावमा उम्मेदवार बनाएको छ । कतिपयमा शुभचिन्तकहरुलाई सहयोगको नीति बनाएको छ ।


तर यही विषयमा सुर्दशन र कञ्चनले भने आपत्ति जनाउँदै आएका छन् । उनीहरु निर्वाचन उपयोगको विपक्षमा छन् । आइतबार मात्रै कञ्चनले उम्मेदवार बनेकालाई पार्टी निति विपरित भन्दै फिर्ता हुन वक्तब्यमार्फत आह्रवान गरेका थिए । यसलाई विप्लवले हास्यास्पद र गैहजिम्मेवार वक्तब्य भनेका छन् ।


सुर्दशनसँथ आर्थिक विषय पनि जोडिएको भन्दै विप्लवले दुवै नेताले अहिले रकमी र अवसरवादी कुतर्क गरेको आरोप सहित जिम्मेवारीमुक्त बनाएका हुन् । विप्लवले जिम्मेवारी खोसेर कारवाही गरेपछि मेरोन्यूजको सम्पर्कमा आएका धर्मेन्द्र बास्तोलासँगको छोटो कुराकानी :-

० पार्टीले त तपाई र हेमन्तप्रकाश वली सुर्दशनलाई कारवाही गदै अनिश्चितकालका लागि जिम्मेवारी मुक्त गर्ने निर्णय गरेछ, के छ यसमा तपाईहरुको टिप्पणी ?
विप्लव जीले निकालेको वक्तब्य मैले पनि भर्खरै पढे । हामीले पार्टी केन्द्रीय समितिको निर्णय विपरित पार्टीकै नेताहरु स्थानीय तह चुनावमा उम्मेदवार बन्ने कुराको बारेमा प्रश्नहरु उठाईरहेका थियौं । यस विषयमा बसौं, छलफल गरौं भनेर हामीले भनिरहेका छौं, उहाँहरु (विप्लव, प्रकाण्ड) छलफलबाटै भागिरहनु भएको छ । अहिले यस्तो वक्तब्य दिनुभएको रहेछ । मैले पढे । उहाँहरुले निकालेको यस्तो वक्तब्यको कुनै अर्थ छैन । हामी सल्लाह गदैछौं ।

तपाईहरुले चुनाव उपयोगका बारेमा पार्टीमा नमिलेको बताईरहनुभएको छ, तर विप्लवले त त्यो वाहना र निमिक्त कुरा मात्र हो, तपाईहरुले गलत र नियोजित प्रचार गरिरहनुभएको छ, रकमी र अवसरवादी कुर्तक मात्र गरिरहनु भएको छ भनेर आरोप लगाउनुभएको छ ?

उहाहरुले जे आरोप हामी माथी लगाउन खोज्नुभएको छ, त्यो विल्कुलै गलत छ । पार्टीले के निर्णय गरेको थियो र उहाँहरु कुन बाटोमा गईरहनु भएको छ भन्ने कुरा आम पार्टी नेता कार्यकर्तालाई अवगत छ । कुतर्क कसले कसरी गरयो भन्ने कुरा समयक्रमले पुष्टि गर्ला नी त । त्यस्तो उहाँले लगाउनुभएको आरोपको कुनै अर्थ छैन ।

० अव के गर्नुहुन्छ तपाईहरु ?
उहाँहरुले जिम्मेवारी नै खोसेको भनेर वक्तब्य दिनुभएको छ । यसरी अहिल्यै वक्तब्य दिनु हुन्थेन । पार्टीभित्रै बसेर छलफल गरेर जानुपर्दथ्यो, हामी छलफल गछौ । पार्टीको सचिवालय, सिसिहरुसँग सरसल्लाह गरेर थप निर्णयमा पुग्छौं ।

प्रतिक्रिया