आइतबार, जेठ ६, २०८१

जुम्लाका तीन पालिकामा विप्लव नेतृत्वको पार्टीबाट उम्मेदवारी दर्ता

मेरोन्यूज २०७९ वैशाख १३ गते २१:१७

जुम्ला । चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जुम्लाका तीन वटा पालिकामा उम्मेदवार दिएको छ । उनीहरूले जुम्लाको कनका सुन्दरी, सिजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि उम्मेदवार दिएका हुन् ।

Advertisement

कनकासुन्दरी गाउँपालिकाको अध्यक्षका लागि कृष्ण सुनारले उम्मेदवारी दिएका छन् । त्यस्तै, सिजा गाउँपालिकाको अध्यक्षका लागि यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’का प्यारीलाल धितालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, सिजा गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षका लागि शक्त सिंह रोकायाले उम्मेदवारी दिएका छन् । सोही वडा महिला सदस्यको लागि गंगा रोकायाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यस्तै, हिमा गाउँपालिका ६ वडाध्यक्षमा रमेश रावल, कमरेड (बिक्रन्तले) उम्मेदवारी दिएका छन् । उनले असक्षम, भ्रष्टाचारी तथा कमिसन खोर उम्मेदवारलाई रोजेका कारण जनताले दुःख पाएको बताए ।

प्रतिक्रिया