आइतबार, जेठ ६, २०८१

बागी उम्मेदवारी फिर्ता गर्न माओवादी केन्द्रको निर्देशन

मेरोन्यूज २०७९ वैशाख १३ गते २१:००

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिले पार्टीको निर्णयविपरीत उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ ।

Advertisement

प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै बिहीबारभित्र उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका हुन् ।

‘पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र चिह्न लिँदै बागी उम्मेदवार दिने पार्टीका सबै कमरेडहरूलाई २०७९ वैशाख १५ भित्र अनिवार्य उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविपरीत कदम नचाल्नका लागि निर्देशन गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

उम्मेदवारी फिर्ता नलिए निर्वाचन निर्देशिकाअनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गर्ने गरी कारबाही अगाडि बढाउनले अध्यक्ष सहयात्रीले बताए ।

प्रतिक्रिया