शनिबार, जेठ ५, २०८१

धादिङमा बसले कारलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु

मेरोन्यूज २०७९ वैशाख ११ गते २०:१६

धादिङ । जिल्लामा बसले कारलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङबेँसी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो ।

Advertisement

मृत्यु हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिल बहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५ वर्षीय विमल चन्द्र अग्रवाल, सोही ठाउँका ३६ वर्षीय साधना अग्रवाल, ४२ वर्षीयाका सन्ध्या अग्रवाल र ५० वर्षीय राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घटनामा एक जना घाइते भएका छन् । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया