शनिबार, जेठ ५, २०८१

भक्तपुरमा सत्ता गठबन्धननबीच सहमति, कुन पद कसलाई ?

मेरोन्यूज २०७९ वैशाख ११ गते १९:५८

भक्तपुर । जिल्लामा सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनका लागि भागबण्डामा सहमति भएको छ । आइतबार भएको सहमतिअनुसार तीन वटा नगपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हुने छन् ।

Advertisement

साथै, तीनमध्ये दुई वटा नगरको उपमेयर नेकपा एकीकृत समाजवादीलाई र एउटा उपमेयर नेकपा माआवादी केन्द्रलाई दिने सहमति भएको हो ।

मध्यपुर थिमि, सूर्य विनायक र भक्तपुर नगरपालिकाको मेयर कांग्रेसलाई दिने सहमति गठबन्धनमा भएको छ । भक्तपुर र सूर्य विनायकको उपप्रमुख एसलाई र मध्यपुरको उपप्रमुख माओवादीलाई दिने गठबन्धनमा सहमति भएको हो ।

जिल्लाका चार नगरमध्ये चाँगुनारायण नगरबाहेकका अन्य तीन वटा नगपालिकामा मात्र गठबन्धनबीच सहमति भएको हो ।

प्रतिक्रिया